Notice
सुचना! सुचना!! सुचना!!!
आदरणिय सम्पुर्ण शेयर धनिज्यूहरुमा नमस्कार 🙏
बिषयः SGIL को परिकल्पनामा नयाँ परियोजना (New Project) – Kiwi Wine Factory खोल्ने संम्बन्धमा।
हजुरहरुको अबगतको लागी माथी उल्लेखित बिषयमा यस संस्थाका सञ्चालक समितीले Kiwi Wine Factory को लागि प्रसस्त मात्रामा Suitable ठाऊहरूमा Project feasibility study गरेर Project को लागि Suitable जग्गा नगरकोट (Nagarkot) क्षेत्रमा किन्ने निर्णय गरेको हुँदा सम्पुर्ण शेयर धनिज्यूहरुलाई ब्रीफिंग (Briefing) साथै सर-सल्लाह कार्यक्रम राखिएको हुँदा निम्न मिती, स्थान र समयमा उपस्थित भई यस बिशेष उद्देश्यको लागी सल्लाह, सुझाब साथै थप मद्धत गरि यस सिंग गोर्खा ईन्भेस्टमेन्ट लिमीटेडलाई अगाडि बढाउन बिनम्र आग्रह गर्दछौं।
मितीः २०८२ साल आषाढ १४ गते (शनिबार)
समयः दिउॅंसो, १२०० बजे देखि ४ बजे सम्म
स्थानः SGPA भवन, लोहाचोक
नास्ताः चिया, कफि र हल्का खाजाको ब्यवस्था हुनेछ।
उक्त कार्यक्रममा शेयर सदस्यहरु बाहेक ईच्छुक सम्पुर्ण अवकाश प्राप्त साथै छुट्टिमा हुनु भएका दाजुभाईहरुलाई पनि आमन्त्रण गर्दछौं र आफु नजिकको साथीभाई र दाजुभाईहरुलाई खबर गरि अवस्य लिएर आऊनु हुन पनि अनुरोध गरिन्छ।
धन्यबाद!
SGIL
FY 2024/25(2081/820 ANNUAL GENERAL MEETING
सिङ्ग गोर्खा इन्भेष्टमेन्ट लिमिटेडपाँचौं वार्षिक साधारण सभा (5th AGM)
मिति: २०८२ साल कार्तिक १५ गते, शनिबार
स्थान: मण्डन देउपुर–३, नगरकोट (SGIL निजी जग्गा तथा मेरिगोल्ड होटल
🔹 पहिलो सत्र
क्र.सं | समय | कार्यक्रम | कैफियत / जिम्मेवारी |
१ | ०८:३०–१०:०० | कम्पनीको जग्गा अवलोकन तथा बिहानको खाजा (चियापान) | सबै सहभागी / सामूहिक तस्बिर |
२ | १०:००–१०:२० | नाम दर्ता तथा सभा हलमा प्रवेश | सबै (मेरिगोल्ड होटल) |
३ | १०:२०–१०:३० | प्रमुख अतिथि, विशेष अतिथि तथा शेयरधनीहरू आसन ग्रहण | सञ्चालक: श्री टिकाराम सुनुवार (HR) |
४ | १०:३०–१०:४० | स्वागत मन्तव्य | श्री टिकाराम सुनुवार (HR) |
५ | १०:४०–१०:४५ | कार्यक्रम उद्घाटन | प्रमुख अतिथि तथा अध्यक्षज्यू |
६ | १०:४५–१०:५० | राष्ट्रिय गान | सबै सहभागी |
७ | १०:५०–११:२० | कम्पनीको आर्थिक वर्ष २०८१/८२ को प्रगति विवरण तथा आर्थिक वर्ष २०८२/८३ को भावी योजना | अध्यक्ष श्री बमप्रसाद राई |
८ | ११:२०–११:५० | आर्थिक वर्ष २०८१/८२ को आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८२/८३ को अनुमानित बजेट प्रस्तुतिकरण | कोषाध्यक्ष श्री के.बी. सारू |
९ | ११:५०–१२:०५ | इच्छुक शेयरधनीहरूको मन्तव्य | — |
१० | १२:०५–१२:१० | विशेष अतिथिको मन्तव्य | — |
११ | १२:१०–१२:२० | प्रमुख अतिथिको मन्तव्य | प्रमुख अतिथि |
१२ | १२:२०–१२:२५ | उत्कृष्ट कर्मचारीलाई पुरस्कार वितरण | प्रमुख अतिथि तथा अध्यक्षज्यू |
१३ | १२:२५ | पहिलो सत्र समापन | सञ्चालक: श्री टिकाराम सुनुवार |
१४ | १२:२५–१३:४५ | दिवाभोज (Lunch) तथा विश्राम | सबै सहभागी |
🔹 दोश्रो सत्र
(अनुमोदन तथा प्रस्तावहरूमा छलफल: १३:४५ – १४:४५)
क्र.सं | प्रस्ताव / छलफल विषयवस्तु |
१ | अध्यक्षमार्फत आर्थिक वर्ष २०८१/८२ को प्रगति विवरण र आर्थिक वर्ष २०८२/८३ को रणनीति (भावी योजना) सम्बन्धी प्रतिवेदनमाथि छलफल र पारित गर्ने। |
२ | कोषाध्यक्षमार्फत आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षक प्रतिवेदनमाथि छलफल र पारित गर्ने। |
३ | आ. ब. २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त र पारिश्रमिक निर्धारण सम्बन्धमा। |
४ | मण्डन देउपुर–३, नगरकोटस्थित कम्पनीको जग्गामा व्यापार केन्द्र निर्माण कार्य प्रारम्भ गर्ने सम्बन्धमा छलफल गर्ने। |
५ | कम्पनीको मौज्दात शेयर खरिद–बिक्री सम्बन्धी निर्णय गर्ने। |
६ | सञ्चालक सदस्यहरूको राजीनामा स्वीकृत गर्ने सम्बन्धमा निर्णय गर्ने। |
७ | रिक्त पदमा नयाँ सञ्चालक सदस्य नियुक्त गर्ने सम्बन्धमा निर्णय गर्ने। |
८ | विविध विषयमा छलफल। |
कार्यक्रम समापन
सिङ्ग गोर्खा इन्भेष्टमेन्ट लिमिटेड (Sing Gurkha Investment. Ltd)
पाँचौ बार्षिक साधारण सभा
आ. व. २०८१/८२ को प्रगति प्रतिबेदन तथा आ. व. २०८२/८३ को भावी कार्ययोजन।
आ. व. २०८१/८२ को प्रगति प्रतिबेद
१ खुद्र ब्यापारमा ( Department Store) तथा शेयर बजारमा निरन्तर रुपमा लगानी गर्दै आएको छ।
२ शेयर सदस्य ज्युहरु र कर्मचारीकोलागी Sing Gurkha Department Store हरुमा सामान खरिद गर्द २% छुट सुविध निरन्तर प्रदान गरिएको छ।
३ Sing Gurkha Department Store (SGIL) नेपाल मार्ट व्यवसायी संघ सदस्यता प्राप्त गर्ने प्रक्रिया अघि बढएको छ। साथै छ र सिङ्ग गुर्खा इन्भेष्टमेन्ट लिमिटेडको को अध्यक्षज्यु उक्त संघको सन्चालक समितिको सदस्य को रुपमा समावेश हुनुभयको।
४ यस सस्थाको समग्र अवस्थाहरु सन्तोषजनक र दिगो रहेकोछ। बिशेगारी भविष्यमा थप लगानीक लागि अनुकुल वातावरण र अवसरहरु सिर्जना भैसकेका छन्।
आ. व. २०८१-८२ को कार्ययोजनाको कार्यान्वायन (Table 1)
आ. व. २०८१-८२ को कार्ययोजनाको | कार्यान्वायन अवास्था |
Department stores को स्तर उन्नति | केहि सुधारहरु ल्यैएको छ र थप सुधारको प्रयासहरु निरन्तर जारी छ |
Online को माध्यमबाट समान बिक्रि | Daraz online मार्फत निरन्तर रुपमा बिग्री भैअरखेको छ |
कम्पनीको मौजद शेयर विक्री गरि पुजी बृदी गर्ने (नया लगानी बडाउने) | १४०००० units= रु १४०००००० शेयर बिक्रि गरि जग्गा खरिद गरियोको छ यस कार्यलाई निरन्तर दिने बिषयमा छलफल भैराखेको छ। |
Secondary share खरित तथा बिक्रि निरन्तर दिने | यो आर्थिक वर्षामा निरन्तर रुपमा संन्चालन भैरहेको छछ |
घर जग्गा खरिद तथा बिक्रि काम सुरुवात गर्ने | यो संस्थाको व्यवसाय थप बिस्तारको गर्ने उदेश्यले ६ रोपनी जग्गा खरिद गरेको छ यससम्बन्धी को आकांक्षा योजन Power rpoit मार्फत प्रस्तुत गर्नेछु |
Wine Factory स्थापना गर्ने तयारी | वाइन उधोग संन्चालनका लागि अनुसन्धान र आवश्यक प्रकिया प्ररम्भ गरियको छ। जग्गा खरिद भइसकेको हद यस आयोजना लाई अगाडी बढाउने बिषयमा छलफल छलफल जारी छ |
% आ. व. २०८२/८३ को भावी कार्ययोजना
क. अहिले संचालनमा रहेको व्यवसायहरुलाई मुल्यांङ्गकन सुधार र सुद्धिकरण गर्दै निरन्तर दिने।
ख. मण्डन देउपुर – ३ नगरकोटको जग्गामा ब्यापार केन्द्रस्थल निर्माण विकासकार्य सुरु गर्ने सम्बन्धी को आकांक्षा योजन Power rpoit मार्फत प्रस्तुत गर्नेछु ।
ग. कम्पनीको मौजद शेयर विक्री गरि पुजी बृर्दी कार्यलाई निरन्तर दिने ( लगानी बडाउने )।
घ. SGIL का आगामी आयोजनहरुलाई सफलतापुर्बक अगाडी बढाउनुको लागि आदरणीय शेयर धनिज्युहरुसंग नियमित अन्तक्रिया बैठक आयोजन गर्ने ।
धन्यवाद ज्ञापन
अन्त्यमा यस संस्थालाई पाँचौ बार्षिक साधारण सभासम्म ल्याउन सहयोग पुरयाउनु भएका सम्पूर्ण सेयार्धनिज्युहरु संचालाकज्युहरु तथा क्रमचारीज्युहरु प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछ। प्रस्तुत प्रतिबेदन तथा भाबी कार्ययोजना कुनै त्रुटि वा कमि- कम्जोरिभेय सुधार गर्ने अवसर प्रदान गर्नुहुनेछ भन्ने अपेक्ष गर्दछ
बम प्रसाद राई
अध्यक्ष सिङ्ग गुर्खा इन्भेष्टमेन्ट लिमिटेड।
मिति २०८२ /०७/१५ गते।